नेविसंघ अध्यक्षमा कटुवाल नियुक्त

नेविसंघ अध्यक्षमा कटुवाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएका छन् ।

पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधानअनुसार सोमबार अध्यक्ष नियुक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वत: विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको छ ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।