स्वास्थ्यमन्त्री मेहतासँग चिनियाँ राजदूतको भेट

स्वास्थ्यमन्त्री मेहतासँग चिनियाँ राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबिच २ देशबिचको घनिष्ट सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गरे । उनले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताए ।

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे । भेटमा सरकारका उच्च अधिकारीको सहभागिता थियो ।