काठमाण्डु – नेपाली कांग्रेसले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको छ ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय (बीपी स्मृति भवन, बीपी नगर, ललितपुर) मा बसेको बैठकको निर्णयानुसार नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला गरिएको हो ।
पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धताका साथ योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि आवेदन दिन सक्ने भएका छन् ।
आवेदन प्रक्रियालाई सहज र सरल बनाउनका लागि पार्टीको आधिकारिक वेबसाइटमार्फत फारम भर्न सकिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया