संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ ।

कार्यदलको सचिवालयले यही जेठ ८ गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् ।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए । कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो ।

कार्यकारी राष्ट्रपति, संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुन:संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्य सचिव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ ।