काँक्रेविहार (सुर्खेत)-सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका १२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका ५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने बताए । एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो ।




प्रतिक्रिया