कञ्चनपुर– कञ्चनपुरको सीमावर्ती भारतीय क्षेत्रस्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरी बलका जवानसहित दुई नेपाली मृत फेला परेका छन् ।
प्रहरीका अनुसार सशस्त्रका जवान ओमप्रकाश पुनमगर अर्का तीर्थबहादुर थापामगर पर्शुराम नगरपालिका–५ परिगाउँसँगै जोडिएको भारतीय भूमिमा मृत भेटिएका हुन् ।
ओमप्रकाश र तीर्थबहादुर नातेदार हुन् । पुन डलेल्धुरास्थित सीमा सुरक्षा पोष्टमा कार्यरत थिए । मृत दुवै शुक्रबारदेखि सम्पर्कविहीन थिए ।
डडेल्धुरा प्रहरीका डिएसपी बरुणबहादुर सिंहले प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।
उनले घटनाको छानबिन थालिएको समेत उल्लेख गरे ।




प्रतिक्रिया