आज ‘हिट एक्शन डे’ मनाइँदै

आज ‘हिट एक्शन डे’ मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज विश्वभर पाँचौँ संस्करणको ‘हिट एक्शन डे २०२६ मनाइँदै छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ आईएफआरसीको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु ‘इनडोर हिट’ रहेको छ । दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ ।

हिट एक्शन डे’ पहिलो पटक सन् २०२२ मा सुरु गरिएको थियो । त्यसयता रेडक्रस तथा रेडक्रिसेन्टका राष्ट्रिय संस्थाहरू स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूको सहभागितामा विश्वव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

जलवायु व्यवस्थापन विद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताए।

विश्वको औसत तापमान वृद्धि १.५ डिग्रीबाट बढ्दो र समुन्द्री सतहमा पनि तापक्रममा आएको परिवर्तनका कारण विकसित हुँदै एल निनोको प्रभावले नेपाललगायत एशियाली देशमा यस वर्षको मनसुनमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ, उनले भने । तराईमा पुनः प्रि-मनसुन गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने सम्भावना छ ।