अमेरिकी डलरसहित चिकित्सक पक्राउ

अमेरिकी डलरसहित चिकित्सक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – गैरकानुनी तवरले अभौतिक मुद्रा क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादव भरतपुर महानगरपालिका १० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका थिए । धनुषाको हंशपुर नगरपालिका ४ का स्थायी बसोबासी डा. यादवका बारेमा अनुसन्धान गर्दा अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको छ ।

भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के-कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।