नेविसंघको पहिलो महिला अध्यक्ष बनिन् करुणा कटवाल

नेविसंघको पहिलो महिला अध्यक्ष बनिन् करुणा कटवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काँग्रेसनिकट विद्यार्थी संगठनको अध्यक्षमा करुणा कटवाल नियुक्त भएकी छन् ।

सभापति गगन थापाले मंगलबार कटवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नेविसंघले महिला अध्यक्ष पाएको यो पहिलो हो ।

डुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समिति कार्यकाल सकिएर विघटन भएपछि नेविसंघ नेतृत्वबिहीन थियो ।

पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न अक्षम रहेको भन्दै काँग्रेस केन्द्रीय समितिले नेविसंघ विघटन गरेको थियो ।
धनकुटानिवासी कटवाल यसअघि नेविसंघ केन्द्रीय सदस्य थिइन् ।

उनलाई महाधिवेशन सम्पन्न गर्नेसहित ११ बुँदे कार्यादेश दिइएको काँग्रेसले जनाएको छ ।