आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनमा आएर जवाफ दिनुहुनेछ : प्रवक्ता पोखरेल

आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनमा आएर जवाफ दिनुहुनेछ : प्रवक्ता पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यक परेको खण्डमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने बताएका छन्।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताउँदै उनले भने ‘हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पत्रकारले सोधेको प्रश्नमा पोखरेरले बचाउ गर्दै भने ‘प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको छैन । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री ज्यूको हो ।’

उनले थपे सीमा विवाद कसरी सल्टाउने भन्ने कुरा प्रधानमन्त्री ज्यूले पनि अस्ति भनिसक्नुभएको छ । नेपालले पनि कतिपय ठाउँमा नेपालको डिप्लोम्याटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देशहरू बसेर टेबुल टक गरेर जति पनि सीमा विवादहरू छन्, मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ ।’