पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।

आर्थिक वर्ष २०७८ र ७९ देखि आव २०८२ र ८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८ र ७९ मा छ जना, आव २०७९ र ८० मा १२ जना, आव २०८० र ८१ मा १४ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी आव २०८१ र ८२ मा १३ जना र चालु आव २०८२ र ८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्याका कारण आरोहीको मृत्यु हुने गर्दछ ।