काठमाण्डु – भ्रष्टाचार सम्बन्धी मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीको त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग ५० लाख घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ ।
सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ ।
आयोगले गलत बयान दिएका गौतमविरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।




प्रतिक्रिया