रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबिच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँदिल्लीमा गएका लामिछानेले मंगलबार साँझ शाहसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा भारत–नेपाल द्विपक्षीय हित र सम्बन्धबारे छलफल भएको जनाइएको छ । यसअघि सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।