नेपाल–चीन सहयोग आयोजना तीव्र कार्यान्वयन गर्ने द्विपक्षीय सहमति

नेपाल–चीन सहयोग आयोजना तीव्र कार्यान्वयन गर्ने द्विपक्षीय सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र चीनबिच सञ्चालित विभिन्न सहयोग कार्यक्रम तथा विकास आयोजनाहरूको द्रूत कार्यान्वयनका लागि गठित सहजीकरण संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा २ देशबिच सञ्चालित तथा प्रस्तावित विभिन्न महत्वपूर्ण सहयोग कार्यक्रम र विकास परियोजनाहरूबारे विस्तृत छलफल भएको छ ।

बैठकका क्रममा दुवै पक्षबिच २ देशका शीर्ष नेताहरूबिच विगतमा भएका महत्त्वपूर्ण आपसी समझदारी तथा सम्झौताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने सहमति भएको छ । सहजीकरण संयन्त्रको बैठकले नेपाल र चीनबिचको द्विपक्षीय सहयोग र आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।