काठमाण्डु – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम बुधबार ल्याउँदैछ ।
कर्णाली प्रदेश सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३र८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यसबारे जानकारी दिएका हुन्।
मंगलवारको बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिको लागि आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरणका लागि चार करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा अख्तियारी प्रदानका लागि स्वीकृति दिने निर्णय गरेको पनि प्रवक्ता शाहले बताए।




प्रतिक्रिया