लुम्बिनीका ४ मन्त्रीले दिए सामुहिक राजीनामा, एमालेले गर्‍याे नयाँ मन्त्री सिफारिस

लुम्बिनीका ४ मन्त्रीले दिए सामुहिक राजीनामा, एमालेले गर्‍याे नयाँ मन्त्री सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लुम्बिनी प्रदेश सरकारका एमालेका ४ मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् ।

आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए।

राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।

मुख्यमन्त्रीसहित एमालेका ५ मन्त्री रहेका थिए । तीमध्ये ४ जनाले राजीनामा दिएका हुन् ।

यस्तै, चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिस गरेको छ । स्रोतका अनुसार अर्घाखाँचीका रामजी घिमिरे, गुल्मीका डिल्लीराज भुसाल,रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई नयाँ मन्त्रीका रुपमा सिफारिस गरिएको हो ।