काठमाण्डु– अब स्थल सीमा नाकाबाट ५ सय रुपैयाँ भन्दा कम मूल्यको सामान भित्र्याउन पाइने भएको छ ।
यसअघि १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याउन नपाइने नियम लगाएको सरकारले त्यसको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो ।
अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम राजपत्रमा सूचना प्रकाशित गरि जानकारी दिएको छ ।
नयाँ व्यवस्थामा ‘स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ’ भनिएको छ ।
पुरानो व्यवस्थामा स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई एक सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख थियो ।





प्रतिक्रिया