प्रधानमन्त्री शाहले देशद्रोही र राष्ट्रघाती कुरा गरे : अध्यक्ष ओली

प्रधानमन्त्री शाहले देशद्रोही र राष्ट्रघाती कुरा गरे : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोलेको बताएका छन् । बुधबार एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको व्यवहारलाई बचपना’को संज्ञा दिएका हुन् ।

‘प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भननुभयो,’ ओलीले भने, ‘असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो । त्यो बोल्न हुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो ?’ उनले भने प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न केही कार्यसूची, अचानक के का लागि सुनाएको ? नेपाली जनतालाई हेप्नका लागि यो ठाउँभन्दा अरु केही हुँदैन,’ ओलीले भनेका छन् ।

यस्तै उनले पार्टीभित्र अहिले व्यापक एकता चाहिएको बताए । एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउँदै सबै नेता कार्यकर्ता पार्टीको निर्णयको आधारमा चल्नुपर्ने उनको भनाइ छ ।