काठमाण्डु – राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक संसादहरूलाई आफ्नो आसनमा बस्न आग्रह गरेपनि नमानेपछि बैठक जेठ २६ गते दिनको सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।




प्रतिक्रिया