काठमाण्डु- राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएको छ ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएको छ ।
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल-भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए । “यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ”, उनले बताए ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सम्झना देवकोटाले नेपाल-भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिए ।




प्रतिक्रिया