ग्लोबल कन्जुमर एक्स्पो-२०२६ जुन १२ देखि

ग्लोबल कन्जुमर एक्स्पो-२०२६ जुन १२ देखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ग्लोबल कन्जुमर एक्स्पो-२०२६ को दोस्रो संस्करण जुन १२ देखि १६ सम्म काठमाण्डुको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ । इभेन्ट सोलुसनले सोमबार विज्ञप्ति जारी गर्दै एक्स्पोबारे औपचारिक घोषणा गरेको हो ।

शपिङको नयाँ ठेगाना भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ । मेलाले व्यवसाय देखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्तानेटवर्क विस्तार गर्ने उद्देश्य राखेको छ ।

आयोजकका अनुसार एक्स्पोमा विभिन्न क्षेत्रका १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ । प्रदर्शनीमा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहनालगायत उत्पादनहरू राखिनेछन् ।

मेलामा करिब ३५ हजारभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ । मेलाका क्रममा विशेष छुट, लक्की ड्र तथा उपहार योजना समेत सञ्चालन गरिने आयोजकले जनाएको छ । आयोजक इभेन्ट सोलुसनले यसलाई नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।