काठमाण्डु– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाउदा खुशी लागेको बताएका छन् ।
मोदीसँगको भेटघाट पछि सामाजिक सञ्जालमा लेख्दै लामिछानेले करिब एक घण्टा लामो, फलदायी र सार्थक संवाद गर्न पाउँदा खुशी लागेको बताएका हुन् ।
उनले लेखेका छन् ‘आज सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग करिब एक घण्टा लामो, अत्यन्तै फलदायी र सार्थक संवाद गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।’
उनले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुनुपर्ने मोदीको दृष्टिकोणसँग आफू पूर्ण रूपमा सहमत रहेको बताए ।
‘नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुनुपर्ने तपाईंको दृष्टिकोणसँग म पूर्ण रूपमा सहमत छु। साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज सम्पर्क सञ्जाललाई केन्द्रमा राखेर हामी प्रगति, विश्वास र पारस्परिक हितमा आधारित नयाँ साझेदारी निर्माण गर्न सक्छौँ।’ उनले लेखेका छन् ‘ राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल र भारतका जनताको हित, साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको छ।’




प्रतिक्रिया