काठमाण्डु– काठमाण्डु महानगर प्रहरी बलको प्रमुखमा एसएसपी विष्णुप्रसाद जोशीलाई नियुक्त भएका छन् ।
बुधबार काठमाण्डु महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यसअघि कार्यवाहक नगर प्रहरी प्रमुख रहेका एसपी जोशी एसएसपीमा बढुवा भएसँगै नगर प्रहरी बलको प्रमुख पदमा नियुक्त भएका हुन्।
यसअघिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे राजनीतिमा लागेपछि सो पद रिक्त थियो।




प्रतिक्रिया