न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश शर्मा

न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबिच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए ।

‘विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्वपूर्ण भूमिका हुन्छ,’ प्रधानन्यायाधीश शर्माले भने, ‘बेन्च र बार एकआपसमा मिलेर काम गर्नुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबिच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा संख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।