ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – जिल्लाको कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाकोे ज्यान गएको छ ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ ।

ट्रकको ठक्करवाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

दुवै मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए ।

प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।