चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुरको चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका––८ कलमसीमा गएराति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले जानकारी दिए।

ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाण्डुको सिनामङ्गल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाण्डुको सिनामङ्गल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीकोे मृत्यु भएको हो ।
सडक ढलानको काम सकेर डेरामा फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १२ जना सवार थिए। ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।