काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ ।
बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिए ।
उनका अनुसार समितिमा झण्डै ७०० उजुरी परेका छन् । तिनै उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुने उनले बताए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेकोलगायत विषयमा उजुरी परेको छ ।




प्रतिक्रिया