काठमाण्डु – सन् २०२७ अप्रिलमा आयोजना गर्ने तय भएको १४ औं दक्षिण एसियाली खेलकुद (साग) फेरि सरेका छ र अब त्यही वर्षको सेप्टेम्बरमा हुने भएको छ ।
साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि प्रतियोगिता सरेको हो ।
अब प्रतियोगिता सन् २०२७ मार्च २८ देखि अप्रिल ८ सम्म सञ्चालन गर्ने तय गरिएको छ ।
पाकिस्तान ओलम्पिक संघ (पीओए)का अनुसार दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटीसँगको कुराकानीप्छि १४ औं दक्षिण एसियाली खेलकुद सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म पाकिस्तानमा आयोजना हुने छ ।
हरेक दुई वर्षमा आयोजना हुनुपर्ने साग सन् २०१९ डिसेम्बरमा नेपालमा भएयता हुन सकेको छैन् । भारत र पाकिस्तानबीचको राजनीतिक द्वन्द्वका कारण प्रतियोगिताको आयोजनामा अझै पनि अन्यौलता कायम छ ।




प्रतिक्रिया