काठमाण्डु – जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
पुनस्र्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी २०६३ जेठ २१ गते नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो।
सोही जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन।
ग्रामीण क्षेत्रमा पानी पँधेरो छुवाएको, घरभित्र पसेको निहुँमा कुटपिटलगायतका घट्ना हुने गरेको छ । सहरी क्षेत्रमा डेरा नपाउनेलगायतका भेदभाव कायमै छ।
राष्ट्रिय दलित आयोगका अनुसार चालु आर्थिक वर्षमै ६४ वटा उजुरी परेका छन्,। जुन पछिल्लो पाँच वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका ५८ वटा उजुरी परेको थियो।
कानूनले नै जातीय छुवाछूतलाई दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषा भाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।




प्रतिक्रिया