एसीसी महिला प्रिमियर कप : भुटानलाई ५१ रनले पराजित गर्दै नेपालको लगातार दोस्रो जित

एसीसी महिला प्रिमियर कप : भुटानलाई ५१ रनले पराजित गर्दै नेपालको लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो । नेपालले बुधबार कतारलाई आठ विकेटले हराएको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो ।

भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइज् । भुटानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट हात पारिन भने रिया शर्माले दुई विकेट लिइन् ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । रुविना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रन जोडिन् । भुटानकी सोनाम र छिरिङ जाङ्मोले नेपाललाई सस्तैमा रोकन तीनतीन विकेट हात पारे ।

नेपाल दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।