काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि साइबर ब्युरोमा उपस्थित हुन जाने भएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्।
उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्या गरेको उजुरी साइबर ब्युरोमा परेको छ।
बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारलाई लिएर उनी व्यक्तिगत गाली गलौजमा उत्रिएका थिए । चरित्र हत्यासम्ममा उत्रिएर फेसबुक पोस्ट लेखेपछि परेको उजुरीका आधारमा शिवाकोटीलाई यसअघि १९ कात्तिकमै साइबर ब्युरोले झिकाएको थियो ।
तर भारतबाट आएर पनि उनी साइबर ब्युरोमा हाजिर भएका थिएनन्। तर आइतबार उनले आफू साइबर ब्यूरोमा हाजिर हुन गएको बताएका छन्।
‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु’, उनले भनेका छन्।
यसअघि भारतमा रहेका बेला दोलखाका एक साथीलाई सम्पर्क गरेर साइबर ब्युरोमा उपस्थित हुन भनिएको सूचना आफूले पाएको शिवाकोटीले बताएका थिए।


प्रतिक्रिया