सशस्त्र हेडक्वार्टरमा आगलागी घटनामा छानबिन गर्न समिति गठन

सशस्त्र हेडक्वार्टरमा आगलागी घटनामा छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।

बुधवार राति सशस्त्रको प्रधान कार्यालयस्थित एमटी शाखामा आगलागी भएको थियो । बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट केही गाडीहरू जलेका छन् ।