ललितपुर– गोदावरी नगरपालिकाकाको गाडी चोरी भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्दै आएको सरकारी गाडी गएराति चोरी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार खड्काले प्रयोग गरेको स्कारपियो गाडी बुधबार राति ठेचोबाट चोरी भएको हो ।
नगरपालिकाले गाडी चोरीबारे उजुरी रगेपछि प्रहरीले खोजी थालेको छ । मिश्रका अनुसार सिसीटिभी फुटेजमा एक व्यक्तिले गाडी चलाएर गएको देखिन्छ ।
प्रहरीले गाडी चालकलाई बोलाएर सोधपुछ गरेको छ । रातिको समयमा निदाएका बेला गाडी चोरी भएकाले केही थाहा नभएको बयान चालकले दिएका छन् ।




प्रतिक्रिया