डा. भोजराजले त्यागे नेकपा

डा. भोजराजले त्यागे नेकपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन– डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन् ।

अधिकारीले पेशागत काममा बढी केन्द्रित हुने भन्दै शुक्रबार दलीय आवद्धता त्यागेको घोषणा गरेका हुन् । उनी ०७९ सालको अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी (केन्द्र) बाट चितवन–३ मा उम्मेदवार थिए ।


अधिकारीले कुनै ‘वादको आइडिओलोजी; भन्दा विकासवादको प्रतिस्पर्धाको समय आएको र आगामी दिनमा पेशागतसँगै समाजसेवाका अन्य आयामबाट योगदान गर्ने उल्लेख गरेका छन् ।

आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गरे । आफू समकालीन समाजको सबैभन्दा अग्रगामी सोच र प्रशिक्षणबाट हुर्केको भन्दै उक्त कालखण्डप्रति सम्मान रहेको बताए ।


‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मुखरित हुनेगरी र यसैमा आगामी समय बढी समर्पित गर्ने गरी वर्तमान राजनीतिक आबद्धताबाट आजकै मितिले निष्क्रिय हुँदै छु’, उनले लेखेका छन्, ‘आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान छ । इतिहासबाट सिक्नुपर्छ, समकालीन समाजको सबैभन्दा अग्रगामी सोच र प्रशिक्षणबाट हुर्केको हुनाले त्यो कालखण्डप्रति सम्मान छ । तर समय अब कुनै वादको आइडिओलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा छ । पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट सचेत नागरिकको रूपमा योगदान दिने नै छु ।’