काठमाण्डु– गत जेठ ५ गतेदेखि काठमाण्डुको अनामनगरबाट एक युवक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–१ कपल्लेकी घर भएका १६ वर्षीय रबिन्द्र शाही जेठ ५ गतेदेखि बेपत्ता भएका हुन् ।
उनी अनामनगरमा रहेको सिलौटो कटेजमा एक महिना देखि काम गर्दै आएको र त्यहीबाट सम्पर्कविहीन भएको उनका दाई नरेन्द्र शाहीले जानकारी दिए । ‘सिलौटो कटेजमै खाने बस्ने र काम गर्ने गरेको थियो ५ गते देखि बेपत्ता भयो ।’ दाई नरेन्द्रले काठमाण्डुपाटीसँग भने ।
परिवारका अनुसार रबिन्द्र शाही त्यसयता परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। उनको खोजीका लागि परिवारले बौद्ध प्रहरी परिसरमा उजुरीसमेत दर्ता गराइसकेको छ । तर उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारका सदस्यहरू उनको खोजीमा सक्रिय रहे पनि कुनै सुराक नलागेपछि सर्वसाधारणसँग सहयोगको अपिल गरिएको रबिन्द्रका बुबा हर्कबहादुर शाहीले बताए ।
रबिन्द्र शाहीको बारेमा कुनै जानकारी प्राप्त भएमा मोबाइल नम्बर ९८६४६२९४५७ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।





प्रतिक्रिया