बहिस्कार गर्ने विपक्षीको चेतावनीपछि राज्य व्यवस्था समिति बैठक स्थगित

बहिस्कार गर्ने विपक्षीको चेतावनीपछि राज्य व्यवस्था समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक अचानक स्थगित भएको छ ।

शुक्रबार अपराह्न १ बजे बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

काँग्रेस, एमाले र नेकपासहित प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’, भन्ने अभिव्यक्तिमा माफी नमागेसम्म बैठक चल्न नसक्ने चेतावनी दिएपछि समिति सभापति हरि ढकालले बैठक स्थगित गरेका हुन् ।

‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म बैठक बहिस्कार गर्ने हाम्रो कुरा हो’, एमाले सांसद् मो.इस्तियाक राईले काठमाण्डु पाटीसँग भने ।

विपक्षी दलले सोही माग राखेर प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गर्दै आएका छन् ।

आजको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय एवं निकायहरुको कामकारबाही अध्ययन तथा निगरानी उपसमिति गठनबारे छलफल गर्ने एजेण्डा थियो ।