काठमाण्डु– पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिबेदन बुझाएको हो ।
समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।
समितिले प्रतिवेदनसँगै जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि बुझाएको छ।
गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीक साझेदारी देखिएको भन्दै चौतर्फी बिरोध भएको थियो । त्यसपश्चात गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। जसमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए ।
याे पनि गृह मन्त्रालयमा छिट्टै हुँदैछ सुधन गुरुङको दोश्रो ‘इनिङ’




प्रतिक्रिया