काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली पुगेका छन् ।
जेठ २२–२४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।
उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबिच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते काठमाण्डु फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया