सुन तस्करी मुद्दामा नायव सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

सुन तस्करी मुद्दामा नायव सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले शुक्रबार खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।

सुटकेशमा विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा नायव सुब्बा खड्कामाथि मुद्दा चलेको थियो ।

व्यावसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो ।