काठमाण्डु – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भेटवार्ता भएको छ ।
शुक्रबार मन्त्री खनालले नयाँदिल्ली पुगेको केहीबेरमा सुरक्षा सल्लाहकार डोभालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुवै देशको सुरक्षा सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
मन्त्री खनाल ३ दिने भारत भ्रमण पूरा गरी २४ गते स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया