काठमाण्डु – श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
काठमाण्डुको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो ।
घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमान्श्रीमतीबीच पहिलादेखि नै विवाद थियो । उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए । त्यही क्रममा शुक्रबार राति घटना भएको हो ।
कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया