शितलनिवासमा मन्त्रीद्वय गुरुङ र पुनको शपथ ग्रहणको तयारी

शितलनिवासमा मन्त्रीद्वय गुरुङ र पुनको शपथ ग्रहणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनको शपथ ग्रहणको तयारी भएको छ ।

शपथ ग्रहणका लागि दुवै मन्त्रीहरू शीतलनिवास पुगिसकेका छन् ।

लामो समयदेखि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूसँगै राखेका मन्त्रालयमा मन्त्री सिफारिस गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधिमन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।