काडमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोले आज एक विवरण सार्वजनकि गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाण्डु बूढानीलकण्ठ नगरपालिका ५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो ।
ब्यूरोका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले मिजार काठमाण्डु जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूर १२ र चेक अनादर २ गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका बताए ।
ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कागम भएको उनले बताए । उनलाई अदालतले बिगो बमोजिन हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपुर्ति रकम १ लाख ७२ हजार ९४१ र ९० दिन कैद सजाय कायम गरेको थियो ।
त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले यही जेठ २५ गते काठमाण्डु महानगरपालिका ४ धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनलाई आज फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको पनि सहप्रवक्ता खड्काले बताए ।




प्रतिक्रिया