‘होल्डिङ सेन्टर’मा पुगरे गृहमन्त्री गुरुङले सुकुम्बासीहरुसँग मागे माफी

‘होल्डिङ सेन्टर’मा पुगरे गृहमन्त्री गुरुङले सुकुम्बासीहरुसँग मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मारेका हुन् ।

सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे। उनले भने, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।”

सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए । उनीहरुको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अद्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउना साथ तुरुन्तै समाधान गर्न निर्देशन दिए ।