महिला टी-२० विश्वकप आजदेखि

महिला टी-२० विश्वकप आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० महिला विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो पटक १२ राष्ट्रले सहभागिता जनाउँदै छन्।

उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति सवा ९ बजे सुरु हुनेछ।

सन् २००९ बाट सुरु भएको विश्वकपको सन् २०१० मा भएको दोस्रो र सन् २०१४ मा भएको सुरुआती तीन संस्करणमा ८ राष्ट्रको मात्र सहभागीता रहेको थियो।

सन् २०१४ को चौथो, सन् २०१६ को पाँचौ, सन् २०१८ को छैठौं, सन् २०२० को सातौं, सन् २०२३ को आठौं र सन् २०२४ को नवौं संस्करण भने १० राष्ट्र को सहभागीता रहेको थियो।

इङ्ल्याण्डमा आयोजना हुन लागेको यस संस्करणको विश्वकपमा सहभागी १२ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ जसअनुसार समूह ‘ए’मा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता छ। समूह ‘बी’ मा भने इङ्ल्याण्ड, आयरल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।

हरेक समूहका शीर्ष २ देशले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनलका विजेताबीचमा ५ जुलाई अर्थात् असार २१ मा उपाधिका लागि खेल हुनेछ।

महिला विश्वकपका हालसम्म ९ संस्करण सकिँदा ४ देशले मात्र उपाधि जितेका छन्। अष्ट्रेलियाले ६ पटक उपाधि जितेको छ भने न्युजिल्याण्ड साविक विजेता हो। वेष्ट इन्डिज र इङ्ल्याण्डले एक पटक उपाधि आफ्नो पोल्टामा पारेका छन्।