काठमाण्डु – विश्वकपको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई पराजित गरेको छ । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो
समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ। पहिलो गोल चेक टोलीले गरे पनि त्यसपछि लगातार २ गोल गर्दै एशियाली टोली विजयी भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा दुवै टोली आक्रमक देखिएका थिए। ६७ र ८० मिनेटमा २ गोल प्रहार गर्दै खेलमा दक्षिण कोरिया हाबी भएको थियो। चेक टोलीका लागि खेलको ५९ औँ मिनेटमा लाकेर जिकीले गोल प्रहार गरेका थिए।
एशियाको कोरियाली टोलीका लागि ह्वाङ इन बियोमले ६७ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। ८० औँ मिनेटमा फेरि कोरियाली टोलीका ओ ह्योन गाउले गोल गर्दै कोरियाली टोलीलाई विजयतर्फ अघि बढाएका थिए। जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।




प्रतिक्रिया