क्यान्सरको औषधि सहज उपलब्ध गराउन सहजीकरण

क्यान्सरको औषधि सहज उपलब्ध गराउन सहजीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ ।

औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो ।

विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको उनले बताए । जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाण्डु, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाण्डु, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाण्डुलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ ।

भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताए ।