सरकारी अस्पतालमा बिरामीको भार

सरकारी अस्पतालमा बिरामीको भार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- चितवनमा दुई सरकारी अस्पताल भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको भार बढेको छ ।

भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढेको हो ।

भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उमेश नेपालले दैनिक ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए ।

उनीहरुले भारतीय सीमा क्षेत्रबाट सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताए।