लेफ्टिनेन्ट जनरल धीरज सेठ भारतको नयाँ सेना प्रमुख नियुक्त

लेफ्टिनेन्ट जनरल धीरज सेठ भारतको नयाँ सेना प्रमुख नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – लेफ्टिनेन्ट जनरल धीरज सेठ भारतको आगामी नयाँ सेना प्रमुख (चीफ अफ आर्मी स्टाफ) बन्ने भएका छन् ।

भारतको केन्द्र सरकारले शनिबार उनको नियुक्तिलाई स्वीकृति दिएको हो । सेठले वर्तमान सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको स्थान लिनेछन्, जसको कार्यकाल आगामी ३० जुनमा समाप्त हुँदैछ ।

सेठले भारतको ३१औँ सेना प्रमुखका रूपमा कार्यभार सम्हाल्नेछन् । उनी हाल सेनाको उपप्रमुख (भाइस चीफ अफ आर्मी स्टाफ) को पदमा कार्यरत छन् । उनले २ महिनाअघि अर्थात् १ अप्रिलमा मात्र उपप्रमुख पद सम्हालेका थिए । उपप्रमुख भारतीय सेनाको दोस्रो सर्वोच्च अधिकारी हुन् ।

उपप्रमुखका रूपमा धीरज सेठले सेना प्रमुखसँग मिलेर सेनाको कार्यसञ्चालन, सैन्य पूर्वतयारी र नयाँ प्रविधि समावेश गर्ने जस्ता महत्वपूर्ण कार्यहरू हेर्दै आएका छन् । सेनाको सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने जिम्मेवारी पनि उनीमाथि रहँदै आएको छ ।