अर्थमन्त्रीलाई एमालेकाे प्रश्न : फाइल खोल्ने धम्की कसलाई दिएको ?

अर्थमन्त्रीलाई एमालेकाे प्रश्न : फाइल खोल्ने धम्की कसलाई दिएको ?


काठमाण्डु – आइतबार प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी नेतृ पद्मा आर्यालले अर्थमन्त्रीले फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ती जनाएकी छिन् । पार्टीको तर्फबाट समय लिएर बोल्दै अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेकी हुन् ।

यसअघि अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरुको काण्डबारे आफु जानकार रहेको र फाइल खुल्ने बताएका थिए ।
उनले विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि प्रश्न उठाउँदै यही जेठ २८ गते अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?

अर्थमन्त्रीको यो भनाईलाई उदिृत गर्दै अर्यालले प्रश्न उठाएकी हुन् । अर्यालले अर्थमन्त्रीको यो भनाई आपतिजनक रहेको बताएकी छिन् । साथै फाइल खोल्ने धम्की दिएको भन्दै टि स्टेटको पाइल खोल्न आग्रह गरिन् । उनले भनिन् ‘ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन् । ति सबै खोलियोस् । साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस् ।’ छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने उनको भनाइ छ ।